जम्मु कस्मिरको गोलाबारीमा एक नेपालीको मृत्यु – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

जम्मु कस्मिरको गोलाबारीमा एक नेपालीको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।
भारतको जम्मु कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा गुल्मीको छत्रकोट गाउँपालिका वडा( ५ खज्र्याङका र दीपक कार्की रहेका छन् । गत सोमबार बिहान भएको गोलाबारीमा परी उनको निधन भएको हो ।

कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो। गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले पाकिस्तानी सेनाको आक्रमणमा ३÷५ गोरखा राइफल्समा कार्यरत कार्कीको मृत्यु भएको बताएका छन्।
१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षीय कार्की हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम बस्दै आएका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्