युरोपमा, २५ प्रतिशतले घट्यो कार विक्री – Kanika Khabar
Sunday, March 15Nepali News Portal

युरोपमा, २५ प्रतिशतले घट्यो कार विक्री

    मा प्रकाशित

कनिका खवर
असार १०, दाङ
कोरोनाको विश्वव्यापी महामारीकोसँगै यसवर्ष युरोपमा कारको विक्रीमा २५ प्रतिशतले कमी आएको छ ।
कार विक्रीमा कमि आएसँगै युरोपेली कार उत्पादक कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ । युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीइए) ले युरोपेली युनियन र सदस्य राष्ट्रका सरकारहरुलाई उद्योग बचाउन र रोजगारी गुम्न नदिने परिस्थिति निर्माण गर्न पनि आह्वान गरेको छ ।
गत वर्ष २०१९मा करिब १ करोड २८ लाख थान कार विक्री भएकोमा यस वर्ष सन् २०२०मा करिव ९३ लाख थान कार विक्री हुनसक्ने अनुमान एसीइएले गरेको छ । उसले भनेको छ कि यस वर्ष गत वर्षको तुलनामा करिव ३० लाख थान कम कार विक्री हुनेछन् ।
कोरोनाभाइरस महामारी रोक्न जारी गरिएका लकडाउन र प्रतिबन्धहरुको असरका कारण यस वर्ष कार बजार करिब ४१.५ प्रतिशतले खुम्चिएको तर प्रतिबन्धहरु खुकुलो हुन थालेकाले परिस्थितिमा केही सुधार हुने अपेक्षा राखिएको एसीइएले जनाएको छ ।
धेरै समयपछि युरोपको अटोमोबाइल क्षेत्रले असामान्य परिस्थितिको सामना गर्नु परेको एसीइएले जनाएको छ ।
एसीइएले युरोपको अटोमोबाइल क्षेत्रले धेरैपछि असामान्य परिस्थितिको सामना गर्नु परेको जनाएको छ । युरोपेली युनियन र सरकारहरुले राजनीतिक र आर्थिक मद्दतका आधारमा मिलेर मात्र यी नकारात्मक असरलाई हल गर्न सक्ने एसीइएले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्