आइसोलेसनमा बसेकालाई मनोविमर्श सेवा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आइसोलेसनमा बसेकालाई मनोविमर्श सेवा

    मा प्रकाशित

कनिका खबर

असार १०, जुम्ला ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा बसेकालाई मनोविमर्श सेवा दिन थालिएको छ । आइसोलेसनमा बस्दा विभिन्न खालका तनाव हुने भएकोले एक सातादेखि नियमित रुपमा मनोविमर्श सेवा प्रदान गरिंदै अस्पतालले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा हाल तीन जना कोराना संक्रमित छन् । दुई जना पुरुष र एक जना महिला आइसोलेसनमा रहेका अस्पतालका निर्देशक डा.मंगल रावलले जानकारी दिए । टिपिओ नेपालका मनोविमर्शकर्ता नन्दराज आचार्यले आइसोलेसनमा मनविमर्श सेवा दिइरहेको  अस्पतालले जनाएको छ । उनीहरुलाई नियमित रुपमा दिउँसो १२ बजेदेखि १ बजेसम्म मनोविमर्श सेवा प्रदान गरिएको हो । बेलुकाको समयमा फोन गरेर मनोविमर्श सेवा दिने गरेको मनोविमर्शकर्ता नन्दराज आचार्यले जानकारी दिए ।

यसअघि चन्दननाथ नगरपालिका १ देखि १० वडासम्म क्वारेन्टाइनमा बसेका व्यक्तिलाई मनोसामाजिक परामर्श सेवा दिइएको थियो । चन्दननाथ १ देखि १० वडामा निमार्ण गरिएको क्वारेन्टाइनमा ९८ जना बसेका थिए । उनीहरुलाई चन्नदनाथ नगरपालिकाको समन्वयमा मनोसामाजिक परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको थियो । जुम्लाका क्वारअन्टिनमा हाल ६५ जना रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्