सामुदायिक सेवा केन्द्रद्वारा एसपी काफ्लेको बिदाई – Kanika Khabar
Sunday, May 19Nepali News Portal

सामुदायिक सेवा केन्द्रद्वारा एसपी काफ्लेको बिदाई

    मा प्रकाशित

दाङ, ९ भदौ

दाङबाट सरुवा भएर जानलाग्नुभएका प्रहरी उपरिक्षक सुरेश काफ्लेलाई सामुदायिक प्रहरी सेवा केन्द्र दाङले बिदाई गरेको छ । १४ महिना भन्दा बढि जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख भएर जिम्मेवारी पुरा गर्नुभएका काफ्लेलाई केन्द्रले बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।

केन्द्रका अध्यक्ष आर.के.शीतलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक काफ्लेले सामुदकयिक प्रहरीले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा समाजमा अपराध नियन्त्रणकालागी र समाज रुपान्तरणकालागी खेलेको भूमीका प्रशंसायोग्य भएको बताउनुभयो ।

उहाँले जिल्लामा एक बर्षभन्दा धेरै अवधी रहदा दङालीलाई  सुरक्षा प्रदान गर्नकलागी लागिपरेको बताउदै यस अवधिमा भएका अपराधिक घटनाका दोषीहरु सबै पक्राउ परेको बताउनुभयो । उहाँले अपराध नियन्त्रणका लागि र अपराध भईसकेपछि अपराधीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु पुन, सल्लाहकार भुपेन्द्र सुवेदी, खड्ग बुढाथोकी, दिपक शर्मा ‘समीर’ लगायतले एसपी काफ्लेले दाङमा रहदा गरेको कार्यको प्रशंसा गर्दै आगामी यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण केन्द्रका सचिव के.वि घर्तीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्