थुनुवा कैदी छुटाइदिने भन्दै घुस लिने दाङका बस्नेत पक्राउ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

थुनुवा कैदी छुटाइदिने भन्दै घुस लिने दाङका बस्नेत पक्राउ

    मा प्रकाशित

भदौ १२, दाङ ।
थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिने तुलसीपुर उपमहानगरपालिका ८ का २० वर्षीय प्रतिक बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवाहरू छुटाईदिने भन्दै अभिभावकसँग ५० हजार घुस लिने बस्नेतलाई प्रहरीले प्यूठानको बिजुवारबाट पक्राउ गरेको हो ।
सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहँदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर आफू जिल्ला प्रहरी कार्यालय दाङको मुद्दा फाँटको व्यक्ति रहेको बताउँदै नगद रकम दिएपछि छुटाईदिने भन्दै ५० हजार लिएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

अभिभावकलाई बोलाएर जिप्रका नजिकैको होटलमा बसेर रकम लिएर फरार भएका बस्नेतलाई हिजो शनिवार पक्राउ गरेको गौतमले बताउनुभयो । पक्राउ परेका बस्नेतलाई आज म्यमद थप गरी थप अनुसन्धान अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्