देउखुरीमा भरुवा बन्दुकसहित एक जना पक्राउ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

देउखुरीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

    मा प्रकाशित

दाङ,१२ भदौ । देउखुरीमा प्रहरीले गोली लोड गरेको भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउखुरीको राजपुर गाउँपालिका–१ कटवेरुवा निवासी ४२ बर्षीय रामबहादुर चौधरी रहेका छन् ।

उनलाई प्रहरीले गढवा गाउँपालिका–७ मा रहेको ज्योती सामुदायिक बनबाट भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग गरिने बारुद, केप, फलामको गोली र छर्रासहित पक्राउ गरेको लुम्विनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरिक्षक रन्जु केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले चौधरीलाई शनिवार साँझ जंगलमा सिकार खेल्न गएको समयमा पक्राउ गरेको थियो ।

पक्राउ परेका चौधरीको साथबाट प्रहरीले लोड गरेको भरुवा बन्दुक थान १ (एक नाले), बारुद १०० ग्राम, केप थान ४ , फलामको गोलि १९ वटा र फलामको छर्रा १२६ वटा बरामद गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्