दाङमा थपिए ७६ जना कोरोना सङ्क्रमित – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङमा थपिए ७६ जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।

दाङमा बुधबार एकैदिन ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा दाङमा अहिलेसम्मकै धेरै ७६ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

 कोरोना सङ्क्रमित हुनेहरुमा बङ्गलाचुली गाउँपालिका २ का ४२ जना र घोराही उपमहानगरपालिकाका ३४ जना रहेका छन् । बङ्गलाचुी गाउँपालिकामा पाँच वर्षीय बालक र सात वर्षीया बालिकामा समेत कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिका १ मा  २५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु हर्नोक क्वारअन्टिनमा रहेकाहरु हुन् । त्यस्तै घोराही ४ का चार जना, घोराही ५ का चार जना र घोराही १५ का एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरु पाँच वर्षदेखि ५७ वर्षसम्म रहेका छन् ।

यसैगरी प्युठानमा थप १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरु प्युठानको माण्डवी गाउँपालिका १ का दुई जना, २ का तीन जना, ३ का दुई जना, ४ का दुई जना र ७ का एक जना रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्