दक्षिण अफ्रिकामा एउटै विद्यालयका दुई सयभन्दा बढी बालबालिकामा कोरोनाको सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

दक्षिण अफ्रिकामा एउटै विद्यालयका दुई सयभन्दा बढी बालबालिकामा कोरोनाको सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।
दक्षिण अफ्रिकाको एक विद्यालयमा दुई सयभन्दा बढी बालबालिका र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अफ्रिकाको निकै कमजोर मानिने ईस्टर्न केप प्रान्तमा रहेको एक निजी विद्यालयमा बालबालिका र कर्मचारीमा गरि दुई सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । बीबीसीका अनुसार दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये झन्डै १५ प्रतिशत मानिस यसै प्रान्तका छन् । ईस्टर्न केप प्रान्त दक्षिण अफ्रिकाको तेस्रो सबैभन्दा बढी प्रभावित राज्य हो । दक्षिण अफ्रिकामा हालसम्म कोरोना भाइरसका कारण एक लाख ६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । जसमा दुइ हजार एक सयको मृत्यु भइसकेको छ भने ५५ हजारभन्दा बढी स्वस्थ भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्