अमेरिकामा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बैज्ञानिकहरुको चेतावनी – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

अमेरिकामा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बैज्ञानिकहरुको चेतावनी

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।
वैज्ञानिकले अमेरिकामा फेरि कोरोना महामारीका कारण सङ्क्रमित हुनेको दरमा तिव्रता आउन सक्ने चेतावनी दिएका छन् । अमेरिकी शीर्ष महामारी रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकाको केही प्रान्तमा कोरोना भाइरसका कारण सङ्ंक्रमणमा फेरि तिव्रता आउन सक्ने चेतावनी दिनुभएको हो । डा. फाउचीको नेतृत्वमा स्वास्थ्य विज्ञको एक टोलीले अमेरिकी सरकारलाई कोरोना भाइरसको सङ्क्रमणको दोस्रो चरण सुरु हुन सक्ने भन्दै सचेत गराएका छन् । कोरोना भाइरसको दोस्रो चरणको संकट सुरु हुन सक्ने भन्दै स्वास्थ्य विज्ञले कोरोना परीक्षणको दायरा बढाउन पनि सरकारलाई आग्रह गरेका छन् । अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ कोरोना भाइरसका कारण २३ लाख ९० हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जसमध्ये एक लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्