भारतमा ग्रामीण भेगका किराना पसल खुल्ने – Kanika Khabar
Friday, April 26Nepali News Portal

भारतमा ग्रामीण भेगका किराना पसल खुल्ने

    मा प्रकाशित

कनिका डेस्क
बैशाख १३, दाङ ।
झण्डै एक महिनाभन्दा बढी लकडाउनको सकस भोगिसकेको भारत सरकारले अब भने स्थानीय किराना पसल पुनः सञ्चालन गर्न दिने भएको छ । भारत सरकारले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले लकडाउनको घोषणा गरेको थियो । त्यहाँको गृह मन्त्रालयले सामान्य अवस्थामा भन्दा आधा सङ्ख्यामा मानिसहरूले पसलमा काम गर्न पाउने जनाएको हो । तर त्यसका लागि काम गर्दा पसलमा बस्ने व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र मानिसहरूले एकअर्काबीच सामाजिक दूरी कायम राख्नुपर्ने बताएको छ ।

एक अर्ब ३० करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा ठूला व्यापारिक भवनहरू भने बन्द रहनेछन् । सरकारले जारी गरेको निर्देशनअनुसार लकडाउनका बेला ग्रामीण भेगमा बजार र आवासीय क्षेत्रमा सबै पसलहरू खुल्न पाउनेछन् तर मदिरा पसल भने बन्द नै रहनेछन् ।

दशौँ लाख भारतीयहरू दैनिक उपभोग्य सामानका लागि किराना पसलमा निर्भर रहन्छन् । माहमारीको उच्च जोखिम भएको आँकलन गरिएका अतिप्रभावित क्षेत्रमा व्यवसाय सञ्चालनमा लगाइएका प्रतिबन्धहरू अझै कायम रहनेछन् । भारतमा शनिवारसम्म २४,५०० भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छ । त्यहाँ झन्डै ७,८० ले ज्यान गुमाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्