चितवनमा बिना स्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन – Kanika Khabar
Friday, May 1Nepali News Portal

चितवनमा बिना स्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन

    मा प्रकाशित

कनिका खबर
असार १०, चितवन ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिना स्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले बिना स्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा संङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको हो ।
रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा दिन र होटलले क्वारेन्टाइन सेवा दिन जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । कोभिड–१९ सङक्रमणको जोखिम नहुने गरी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर त्यस्तो सेवा दिन चाहने इच्छुक रेष्टुरेन्ट तथा होटलले पालना गर्ने मापदण्डसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन प्राप्त हुन आएमा निर्णयतर्फ उचित विचार हुने सूचनामा उल्लेख छ । बन्दाबन्दी खुकुलो भएसँगै जिल्लामा होटल रेष्टुरेन्ट पनि खुल्ने क्रम बढेको छ । यसअघि पनि प्रशासनले सूचना जारी गरेर रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्