पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल छ । यस्तो अनुशासनहीन काम किन हुन्छ ? :ओली – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल छ । यस्तो अनुशासनहीन काम किन हुन्छ ? :ओली

    मा प्रकाशित

कनिका संवाददाता
असार १०, काठमाडौं
पार्टीभित्र बहुमतको खेल सुरु भएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । त्यही गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको ओलीले बताए ।

बुधबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले महाधिवेशनसम्म सहकार्य गर्ने सहमतिअनुसार पार्टी नचलेको गुनासो गरे । यहीकारण अघिल्लो सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टी विभाजनको संघारमा पुगेको बताउँदै उनले भने, ‘पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल छ । यस्तो अनुशासनहीन काम किन हुन्छ ?
राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी वैशाख दोस्रो साता ल्याएको अध्यादेशको समेत प्रधानमन्त्री ओलीलेबचाउ गरे। आफूले गलत गरेका कारण फिर्ता लिएको नभई नेताहरूले भनेका कारण फिर्ता लिएको ओलीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्