सीपीएल ड्राफ्टमा सन्दीपको मूल्य ९० हजार अमेरिकी डलर – Kanika Khabar
Sunday, March 15Nepali News Portal

सीपीएल ड्राफ्टमा सन्दीपको मूल्य ९० हजार अमेरिकी डलर

    मा प्रकाशित

कनिका संवाददाता
असार १०, काठमाडौं
बुधबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) को यस सिजनका लागि खेलाडीको ड्राफ्ट हुँदैछ । सहभागी टिमले आफ्नो टिममा बाँकी रहेको स्थानका लागि यही ड्राफ्टबाट खेलाडी छनोट गर्नेछन् ।

उक्त ड्राफ्टका लागि नेपालबाट एक मात्र खेलाडी सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । उनको ड्राफ्ट मूल्य ९० हजार अमेरिकी डलर रहेको छ । जुन नेपाली रकम एक करोड भन्दा बढी हुन्छ । यदि सन्दीपलाई ड्राफ्टमा कुनै टिमले लिएमा उनी एउटै लिगबाट करोडपति हुनेछन् ।

सन्दीपले यसअघि दुई सिजन सीपीएल खेलिसकेका छन् । उनले सन् २०१८ मा सेन्ट किट्स एण्ड नेभिस तथा गत सिजन बार्बाडोस ट्रिडेन्टबाट खेलेका थिए ।

सीपीएल २०२० को ड्राफ्टका लागि विश्वभरका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका छन् । जहाँ सन्दीपको ड्राफ्ट मूल्य चौथो महंगोको लिस्टमा छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्