कनिका खबर
असार ११, स्याङजा ।
उमचारको क्रममा स्याङजामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको ज्यान गएको हो । असार ८ गते अस्पताल भर्ना भएका ५५ वर्षका पुरुषको गएराति ज्यान गएको प्रतिष्ठानले विज्ञप्ती निकालेर जानकारी दिएको छ । ती पुरुषमा कोभिड १९ सङ्क्रमणसँगै सिभियर निमोनिया, मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
यो सहित स्याङजामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि वालिङ ३ का ५८ वर्षका कोरोना सङ्क्रमितको पोखरामा उपचारका क्रममा ज्यान गएको थियो ।