तरकारीमा सहजता ल्याउँदै दाङ चेम्बर – Kanika Khabar
Thursday, March 28Nepali News Portal

तरकारीमा सहजता ल्याउँदै दाङ चेम्बर

    मा प्रकाशित


कनिका संवाददाता
बैशाख १३, दाङ ।
लकडाउनको समयमा जनजीवन कष्टकर बन्दै गएको अवस्थामा पछिल्लो समयमा दैनिक उपभोग्य सामग्रीको होम डेलिभरी विवादित बन्दै आएको छ । विशेष गरेर तरकारीका सन्दर्भमा झन विवादित नै बन्यो । विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरुले विज्ञप्ति नै जारी गर्नु पर्ने अवस्था सिर्जना भयो ।

एकातिर तरकारीको विषय विवादित बन्दै गर्दा अर्कोतिर दाङ चेम्बर अफ कमर्सले खरिद मुल्यमा नै सेवा प्रदान गर्ने बताएको छ । बाई सेवा प्रा लि, उज्यालो बिहानी फाउण्डेसनको श्रम योगदान, घोराही उपमहानगरपालिका वडा नं. १५ को ईन्धन सहयोग र दाङ चेम्बर अफ कमर्सले गाडी व्यवस्थापन गर्दै खरिद मुल्यमा नै साना तरकारी व्यवसायी र उपभोक्तालाई उपलब्ध गराउने भएको छ । शनिवार भएको सम्झौताले बिद्यमान अवस्थामा तरकारी जन्य बस्तु खरिदमा राहत प्रदान गर्ने, लगडाउनका कारण जनजीवनमा पर्न गएको असहज तथा कष्टकर अवस्थालाई सहज बनाउनका लागि सेवाभावले यस्तो कार्य गर्न थालिएको उल्लेख छ ।

दाङ चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष दिपक सुवेदीले कनिकासँगको कुराकानीमा भने, ‘‘लकडाउनको समयमा एकातिर जनजीवन सकसपूर्ण बन्दै गएको छ भने अर्कोतर्फ बिस्तारै बढ्दै गएको महङ्गीले झन समस्या थपेको छ, यो कठिन परिस्थितिमा उपभोक्तालाई राहत होस् भन्नका लागि हामीले यो अभियान थालेका हौँ ।’’ सुवेदीले थपे ‘‘ यो सेवाभावका लागि सहकार्य हो, यस्तो अवस्थामा जटिलता सिर्जना गर्नेभन्दा सहजता खोज्न जरुरी हुन्छ, यसले स्थानीय उत्पादनलाई बजार व्यवस्थापन गर्नेमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भन्ने हाम्रो ठहर हो ।’’

यसका लागि बाई सेवा प्रा लि र उज्यालो बिहानी फाउण्डेसनको श्रम योगदान रहनेछ । घोराही उपमहानगरपालिका वडा नं. १५ले ईन्धन व्यवस्थापन गर्नेछ भने दाङ चेम्बर अफ कमर्सले गाडी व्यवस्थापन गरी खरिद मुल्यमा नै तरकारी उपलब्ध गराउने छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्