गण्डकी प्रदेशमा ११ जना कोरोना सङ्क्रमित थपिए – Kanika Khabar
Saturday, March 15Nepali News Portal

गण्डकी प्रदेशमा ११ जना कोरोना सङ्क्रमित थपिए

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ ।

गण्डकी प्रदेशमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा ६ जना, बागलुङमा २ जना, स्याङजामा १ जना र नवलपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बागलुङको गल्कोट नगरपालिकाका २ जना पुरुष, म्याग्दीको बेनी नगरपालिकाका १ जना पुरुष र १ जना महिला, मंगला गाउँपालिकामा ४ जना पुरुष, स्याङजाको कालीगण्डकी गाउँपालिकामा १ जना पुरुष र नवलपुरको मध्यविन्दु नगरपालिकामा १ जना पुरुष र १ जना महिलामा कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्