झापाको एक स्थानीय निकायमा नगरसभा भएन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

झापाको एक स्थानीय निकायमा नगरसभा भएन

    मा प्रकाशित

कनिका खबर
असार ११, झापा ।
झापाको मेचीनगर नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले आ आफ्नो बजेट तयार गरेपछि उत्पन्न बिवादका कारण हिजो बोलाइएको नगरसभा हुन सकेन । नगरको कुल बजेटमा नै बिवाद भएपछि असार १० गते भित्र नगरसभामा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्थाको समेत मेचीनगर नगरपालिकाले उल्लघंन गरेको छ ।
वडा कार्यालयमा पठाउने बजेट र कार्यापालिका सदस्यहरुलाई बजेट सहितको योजनाका बारेमा नगरप्रमुख बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीबिच सहमति हुन नसकेपछि नगरपालिकाको बजेटसभा नै अन्योलमा परेको हो । हिजो दिउँसो १ बजेका लागि बोलाइएको नगरसभाका लागि सबै सदस्यहरु नगरपालिकाको सभाहलमा भेला भएका थिए । तर प्रमुख आचार्य र उपप्रमुख उप्रेती अलग अलग बजेट बनाएर अडानका साथ बसेपछि नगरसभा शुरु नै हुन सकेन ।
उपप्रमुख सहित नेकपा समर्थित जनप्रतिनिधिहरु वडा कार्यालयलाई एक करोड ५० लाख र कार्यपालिका सदस्यहरुले २५ लाखका दरले योजना छनौट गर्ने सहितको बजेट तयार गरेर सोही बजेट नगर सभामा प्रस्तुत गर्ने पक्षमा थिए । तर नगरप्रमुख आचार्य नगरपालिकाको आम्दानीले धान्न नसक्ने बजेट बनाउन नहुने पक्षमा थिए । नगरप्रमुख आचार्यले वडा कार्यालयलाई एक करोड र कार्यपालिका सदस्यहरुका लागि योजना छनौट गर्न एक करोडको कोष स्थापना गर्ने बजेट सभामा पेश हुनुपर्ने अडानमा थिए ।
नगरप्रमुख र उपप्रमुख बिच हिजो राति ८ बजेसम्म पनि बजेटको बिषयमा सहमति जुट्न नसकेपछि मेचीनगरको छैठौं नगरसभा हुन नसकेको हो । आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि मेचीनगरको सामाजिक सुरक्षा भत्तासहित कुल बजेट एक अर्ब ६० करोड हुने नगरप्रमुखको दाबी छ भने उपप्रमुख सहित नेकपा समर्थित प्रतिनिधिहरुले नगरको बजेट एक अर्ब ६७ करोड हुने गरी योजना प्रस्तुत गरेका छन् । १५ वटा वडा तथा २५ सदस्यीय कार्यपालिका रहेको मेचीनगरमा प्रमुख सहित ७ जना वडा अध्यक्ष गरी ८ जना नेपाली काँग्रेसका र उपप्रमुख सहित १७ जना नेकपाका सदस्यहरु रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्