गाउँसभामा अध्यक्षमाथि आक्रमण – Kanika Khabar
Friday, March 29Nepali News Portal

गाउँसभामा अध्यक्षमाथि आक्रमण

    मा प्रकाशित

कनिका खबर
असार ११, झापा ।
झापाको हल्दिवारी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, वडासदस्य माथि भएको आक्रमणमा दुई जना गम्भीर घाइते भएका छन् । गाउँपालिकाको सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम, वडाध्यक्षसहित परिषद सदस्यहरुले अध्ययन गरेपछि मात्रै पारित गर्नुपर्ने आवाज उठाएपछि सोही अनुसार २०७७ असार २९ गते गाउँसभा सम्पन्न गर्ने भन्दा भन्दै आफूमाथि आक्रमण भएको गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले बताए ।
आफूमाथि आक्रमण हुन थालेपछि बचाउने क्रममा वडा सदस्यसहित अरु पनि घाइते भएका उनले बताए । कार्यक्रममा एक कम्युनिष्ट नेताका नाममा बाटोको नामाकरण गर्न नेकपाको जवरजस्ती र व्यक्ति विशेषका नाममा नभई सबैलाई अपनत्व हुने नामाकरण गरिनुपर्ने अन्यले धारणा राखेपछि त्यसमा मतभेद सिर्जना भएको थियो ।
नीति तथा कार्यक्रम अध्ययन गर्न पाउनु पर्ने परिषद सदस्यहरुको अधिकारमाथि जबरजस्ती बहुमतले पेल्न खोजेको अर्का एक परिषद सदस्यले बताएका छन् । गाउँपालिका उपाध्यक्ष डम्बर गिरी, वडाध्यक्ष त्रिलोचन सापकोटा, महेश मेचे लगायत नेकपा समर्थकहरुले गाउँपालिका अध्यक्ष सहितलाई आक्रमण गरी घाइते बनाएको वडा नं.–४ का वडाध्यक्ष होम चुडालले बताए । अन्दाधुन्ध भएको आक्रमणका क्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, वडा नंं–४ का वडाध्यक्ष होम चुडाल, ५ नम्बर वडाका वडाध्यक्ष शेरबहादुर नेम्वाङ सहित वडा सदस्य मदन तामाङलाई चोट लागेको बताइएको छ । अन्य घाइते भिम तुम्बापो र भिमराज फियाकको विर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ । झडपका क्रममा गाउँपालिका रहेको भवनको झ्यालका शिशा समेत फुटेको बताइएको छ । घटनापछि अध्यक्ष लिङ्देनसहित केही वडाध्यक्षहरु सभा छोडेर बाहिरिएका थिए । झडप भएर गाउँपालिका अध्यक्ष बाहिरिएपछि नेकपा समर्थित जनप्रतिनिधिहरुले उपाध्यक्ष डम्बर गिरीको सभापतित्वमा सभा सञ्चालन गरी बजेट तथा नीति कार्यक्रम पारित गरेको गाउँपालिकाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्