पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

    मा प्रकाशित

कनिका संवाददाता
असार ११, काठमाडौं
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने भएकाले अस्पतालको सेवा बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले सीआईएनलाई जानकारी दिनुभयो ।

उहाँले आज एकदिन मात्रै सेवा बन्द गरिएपनि भोलीदेखि सबै सेवा निरन्तर रुपमा सुचारु हुने बताउनुभयो । मधुमेह, श्वासप्रश्वास लगायतका समस्याका कारण असार ८ गते भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षका पुरुषको गयराति उपचारकै क्रममा मृत्यु भएको थियो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या गण्डकी प्रदेशमा २ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्