स्थानीयले प्रहरी चेकपोस्टमा आक्रमण गरे – Kanika Khabar
Monday, December 8Nepali News Portal

स्थानीयले प्रहरी चेकपोस्टमा आक्रमण गरे

    मा प्रकाशित

कनिका संवाददाता
असार ११, पोखरा
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् । वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका हुन् । आक्रोशित भीडलाई तितरबितर गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ८ राउन्ड हवाई फायर गरेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले चेकपोस्टमा ढुंगामुढा भएपछि हवाई फायर गर्नुपरेको बताउनुभयो । ढुंगामुढा गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टायर बालेर बाटो छेकेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । झडपमा २ प्रहरी र केही स्थानीय घाइते भएका छन् । तीनवटा मोटरसाइकलमा क्षति भएको छ । घाइतेको अवस्था सामान्य छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्