हवाइ यात्रुलाई पनि समस्या, तीन सयभन्दा धेरै यात्रु नेपालगञ्जमा रोकिए – Kanika Khabar
Saturday, July 19Nepali News Portal

हवाइ यात्रुलाई पनि समस्या, तीन सयभन्दा धेरै यात्रु नेपालगञ्जमा रोकिए

    मा प्रकाशित

असोज १६, काठमाडौँ ।
हवाइ सेवा प्रदायक कम्पनीका जहाज पर्यटक ओसार्नका लागि पूर्वी नेपालतिर लागेपछि दसैँमा घर फर्कने पश्चिम क्षेत्रका यात्रुहरूलाई समस्या भएको छ । कर्णालीका हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लाका ३ सयभन्दा धेरै यात्रु नेपालगञ्जमा अलपत्र परेको छन् ।

नागरिक अलपत्र परेको गुनासोपछि नेपाल नागरिक उड्ड्यन प्राधिकरणले सरोकारवाला निकायसँग छलफल गरेर पर्यटक र नेपाली नागरिक ओसार्न आवश्यक समन्वय गर्ने निर्णय गरेको प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार पहाडी तथा हिमाली क्षेत्रमा उडान भर्ने ९ वटा मात्र विमान छन् । सानो आकारका हालको विमानसङ्ख्याले यात्रुको माग धान्न नसक्ने भएका कारण केही समस्या देखिएको उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्