उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते ।। – Kanika Khabar
Saturday, October 24Nepali News Portal

उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते ।।

    मा प्रकाशित

कनिका संवाददाता
असार ११, उदयपुर
उदयपुरमा पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान ८ बजे पानीसँगै परेका चट्याङ लागेर त्रियुगा नगरपालिका १३ असारीका ४५ वर्षका कानुन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमप्रसाद दाहालले जानकारी दिनुभयो । चट्याङले घाइते चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै सोही वडाको भातिखर्कका ३१ वर्षका अनिता खड्का घाईते हुन भएको छ । उनको खुट्टाको केहि भाग जलेको छ । दुबै जना खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते खड्काको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । यस्तै चट्याङ्ग सोही वडा जोगी पोखरी स्थित मिन्द्र बहादुर मगरको ६१ वर्षका तिर्थमाया मगर पनि घाइते हुनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्