भारतमा एकैदिन थपिए १६ हजार ९ सयभन्दा बढी कोरोना सङ्क्रमित – Kanika Khabar
Friday, March 29Nepali News Portal

भारतमा एकैदिन थपिए १६ हजार ९ सयभन्दा बढी कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका डेस्क
असार ११, दाङ
भारतमा कोरोना भाइरसका कारण हालसम्मकै धेरै संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा १६ हजार ९ सय २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख ७३ हजार १ सय ५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ४ सय १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ हजार ८ सय ९४ पुगेको छ । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा तीव्रता आएको छ । समाचार संस्था पीटीआईका अनुसार भारतमा पछिल्लो ६ दिनमा कोरोना भाइरसका कारण झन्डै ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो । यस्तै राजधानी दिल्ली, गुजरात, राजस्थान, तमिलनाडुमा पनि कोरोना संक्रमणको अवस्था बिग्रिदै गएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्