क्वारेन्टिनबाट घर गएकी कञ्चनपुरकी एक महिलासहित ६ जनामा कोरोना संक्रमण – Kanika Khabar
Friday, March 29Nepali News Portal

क्वारेन्टिनबाट घर गएकी कञ्चनपुरकी एक महिलासहित ६ जनामा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका डेस्क
असार ११, दाङ
आत्महत्या गर्ने धम्की दिदै क्वारेन्टिनबाट घर गएकी कञ्चनपुरकी एक महिलासहित ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित सरस्वती माबिको क्वारेन्टिनमा रहेका १० जनालाई दबाब झेल्न नसकेको भन्दै वडा कार्यालयले पीसीआर परीक्षणका लागि स्वाब संकलन नगरी घर पठाएको थियो ।

ती १० जनामध्ये ६ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । आत्महत्या गर्ने धम्की दिएपछि स्वाब संकलन नगरी घर पठाउन बाध्य भएको अध्यक्ष दिलबहादुर बुढाले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्