कोरोना भगाउन पशु वली  – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना भगाउन पशु वली 

    मा प्रकाशित

कनिका डेस्क
असार ११, दाङ
तराई–मधेशको पौराणिक वाद्यवादन घन्किरहेका छन । खाली चौरमा चारैतिर मान्छेको भिड छ । महिला, बालबालिका, बृद्वबृद्वा, युवा सबै मग्न छन् ।

चारैतिर घेरा बनाइएको भिडबीचमा पूजा सामग्री राखिएको छ । त्यहीं आगो बालेर पकाइएको खीर केराको पातमा राखिएको छ । ती खीरमाथि लड्डू, केरा र सुपारी सजाइएको छ ।
मिथिला क्षेत्रका हस्तकलाका सामग्री डलिया, मौनी पनि पूजास्थलमा सजाएर राखिएको छ । धूपले वातावरण सुगन्धित बनेको छ ।

त्यहीबीचमा ढोल र पिपहीको आवाज चर्किन्छ । पूजामा सरिक महिलाहरु आफ्नो बाँधिएको केश फुकाउँदै, ‘है, हौ, पापी भाग‘’ भन्दै अझ जोडले नाच्न थाल्छन् ।

मधेशका जिल्लामा बाह्रै महिना सामूहिक पूजापाठ भइरहने भएपनि बिसरभोरामा भइरहेको पूजा पृथक थियो । खासमा यो कोरोना भाइरस भगाउन भन्दै आयोजना गरिएको पूजापाठ थियो । हातमा लाठी लिएका पुरुष नाच्दै सोध्थे– ‘यो भाइरस कसलाई भन्छ ?’

भिडबाट केही व्यक्ति उत्तर दिन्थे– ‘अर्कै दुनियाँको हो रे , यसले मान्छे मार्छ ।”

नृत्यरत पुरुषले लाठी उचाल्दै ‘भाइरस, ताइरस भाग्‘’ भनेपछि भिड आश्वस्त भएको आभास हुन्थ्यो ।

कोरोना भगाउने धामीको भूमिकामा गाउँकै भोला तेथबार यादव, विश्वनाथ कुर्मी, मंगलीदेवी दास, कैलाश देवी महरा र सुमिन्त्रादेवी दास थिए ।

कोरोना महामारी लम्बिदै जाँदा मधेशका जिल्लाहरुमा पूजापाठ हुन थालेको छ । बिसरभोरामा ‘कोरोना भगाउने पूजा’का लागि प्रत्येक घरबाट १०० रुपैयाँ चन्दा संकलन गरिएको थियो ।

बिसरभोरामा कोरोनाको नाममा पशुवली समेत दिइयो । एउटा बोका, दुईवटा पाठी र चारवटा परेवा वली दिइएको स्थानीय उपेन्द्र यादवले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्