टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी सुदिल शाहीलाई – Kanika Khabar
Friday, March 13Nepali News Portal

टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी सुदिल शाहीलाई

    मा प्रकाशित

कनिका डेस्क
असार ११, दाङ
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सुदिल शाहीलाई दिइएको छ ।

‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत सम्भार र निर्माण कार्यको रेखदेख र प्रवर्धन गर्ने गरी तपाईंलाई जिम्मेवारी दिइएको छ,’ राखेपका सदस्य सचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्