दाङ क्षेत्र नं. १ मा गठबन्धन दलहरूका उम्मेदवारहरूले गराए उम्मेदवारी दर्ता – Kanika Khabar
Friday, September 11Nepali News Portal

दाङ क्षेत्र नं. १ मा गठबन्धन दलहरूका उम्मेदवारहरूले गराए उम्मेदवारी दर्ता

    मा प्रकाशित

असाेज २३, दाङ ।

दाङ क्षेत्र नं. १ मा  सत्तारूढ गठबन्धन दलहरूका उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणी चौधरीले गठबन्धनबाट दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रदेश सभा तर्फ १(१) मा नेकपा माओवादीका इन्द्रजित थारु र प्रदेश १ (२) मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले काठमाडौंस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्