चीनले भूमि मिचेको छैन : परराष्ट्र मन्त्रालय – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

चीनले भूमि मिचेको छैन : परराष्ट्र मन्त्रालय

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ ।
चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताएको हो ।
परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीच सीमा सम्बन्धी कुनै पनि समस्या उब्जिए द्विपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले सीमा विवादका बारेमा ५ अक्टुबर १९६१ मा समाधान भएको बताएको छ। नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि बिहीबार परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्