अमेरिकामा एकैदिन ३९ हजार संक्रमित थपिए – Kanika Khabar
Monday, April 13Nepali News Portal

अमेरिकामा एकैदिन ३९ हजार संक्रमित थपिए

    मा प्रकाशित

एजेन्सी
असार ११, दाङ ।
अमेरिकामा कोरोना संक्रमणको दोश्रो लहर आउने त्रास बढेको छ।

अमेरिकाले लगभग सबै राज्यमा लकडाउन खुकुलो गरेको बेला संक्रमण ह्वातै बढेर उत्कर्षतीर पुगेको हो।

बुधबारमात्रै अमेरिकामा एकैदिन अमेरिकामा ३९ हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित भए।

पछिल्लो विवरण अनुसार बुधबारमात्र त्यहाँ ३९ हजार १ सय ३ नयाँ संक्रमित थपिएका छन।

संक्रमण फेरि फैलिन थालेपछि कतिपय राज्य लकडाउन पुनः कडा गर्नेतर्फ सोच्न थालेका छन।

कतिपय शहरहरूले भने मानिसको आवतजावतमा कडाइ गर्न थालिसकेका छन।

कोरोनाको दोश्रो लहरको त्रासले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ।

वल्र्ड मिटरका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ९५ लाख २० हजार नाघेको जनाएको छ।

उसका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजारको नजिक पुगेको छ।

संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने दोश्रोमा ल्याटिन अमेरिकी मुलुक ब्राजिल रहेको छ।

अमेरिकामा संक्रमित संख्या २४ लाख ६३ हजार बढी भइसकेको छ भने १ लाख २४ हजार बढीको ज्यान गइसकेको छ।

यस्तै दोश्रो धेरै संक्रमित रहेको ब्राजिलमा यो संख्या ११ लाख ९२ हजार पार भएको छ भने मृतक संख्या ५४ हजारको नजिक पुगेको छ।

यस्तै रूसमा ६ लाख ६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। संक्रमितको अनुपातमा त्यहाँ मृतक संख्या अन्य मुलुकको दाँजोमा निक्कै कम छ।

हालसम्म रूसमा कोरोनाबाट ८ हजार ५ सय बढीको मृत्यु भएको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख छ।

यध्यपी विज्ञहरूले रूसले वास्तविक संख्या लुकाएको हुनसक्ने बताउँदै आएका छन्।

संक्रमित संख्याको आधारमा विश्वको चौथो मुलुक बनेको भारतमा हालसम्म ४ लाख ७२ हजार बढी संक्रमित फेला परेका छन् भने १४ हजार ४ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।

त्यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ३ लाख ६ हजार बढी पुगिसकेको तथ्यांक छ।

यस महामारीका कारण हालसम्म बेलायतमा ४३ हजार बढीको मृत्यु भइसकेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्