निजी विद्यालयको पीडामा मलहम लगाइन् सांसद राईले – Kanika Khabar
Friday, March 29Nepali News Portal

निजी विद्यालयको पीडामा मलहम लगाइन् सांसद राईले

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ ।
राष्ट्रिय सभा सांसद् विमला राईले विहीबार निजी विद्यालयको पक्षमा महत्वपूर्ण मन्तव्य व्यक्त गरेकी छिन् । निजी विद्यालयहरु धरापको नजिक नजिक पुगिरहँदा पनि राज्यको कुनै तहले निजी विद्यालयका समस्यालाई सम्बोधन गर्न नसकिरहेको अवस्थामा सांसद राईबाट यस्तो मन्तव्य आएको हो । ५ मिनेट बढी सम्बोधन गरेकी सासद् राईले निजी विद्यालयहरु समस्यामा परिहेको उल्लेख गर्दै सरकारले राहत प्याकेज लिनुपर्ने बताईन् ।
सांसद राईको धारणा :

–‘सम्माननीय अध्यक्ष ज्यू, मलाई बाबुआमा पछाडि सबैभन्दा सम्मानित व्यक्ति शिक्षक हो जस्तो लाग्छ । मैले बाबुआमाबाट जे सिकेँ, जुन स्थानमा छु त्यसमा शिक्षकहरुको योगदान जस्तो लाग्छ । कुनै पनि देश प्रगतिको बाटोमा जाँदा त्यहाँको विकासका सबैभन्दा बढी योगदान नागरिकहरुले गर्छन र उनीहरुलाई देश विकासमा सक्षम बनाउने थलो भनेको विद्यालय हो ।

अब्बल मानिसहरु जब शिक्षक हुन्छन् अनि विद्यार्थी पनि अब्बल हुन्छन् र सबल नागरिक बन्छन् । त्यसले गर्दा शिक्षकको अभिभारा कति छ र शिक्षक कति मान्यवर हुन् भन्नेकुरा मैँैले यहाँ भनिरहनु परेन । बन्दाबन्दीका कारण विशेषगरेर निजी क्षेत्रका शिक्षकहरु ठूलो अप्ठ्यारोमा परेका छन् । असार १ देखि अनलाइन पढाईयो अब अनलाइनको नाममा पनि पैसा लिन पाउँदैनस् भनेर विद्यार्थी संगठनले भनेका छन् । अब शिक्षक बाँच्ने कसरी ?

निजीमा १० हजार विद्यालय र त्यसमा कार्यरत २ लाख शिक्षक कर्मचारी रहेका छन् । उद्योग धन्दा पुनरोत्थान प्याकेजा आएको छ । तर शिक्षालाई कसरी बचाउने र यो मर्यादित पेशालाई कसरी मर्यादित बनाइरहने भन्ने कुरामा चाहिँ अलिकति कम सोच भएको कुरा देखिन्छ । नीति बजेट र कार्यक्रममा पनि । मलाई के लाग्छ भने निजी विद्यालय सबै एकैनासका हुँदैनन् । कतिले हिजो नाफा कमाए । नाफा कमाएका विद्यालयले पनि आफ्नो घरभाडा, शिक्षक कर्मचारीलाई तबल दिन सकेका छैनन् ।

त्यही भएर नेपाल सरकारले स्थानीय तहमा वर्गीकरण गरेर केही न केही राहत प्याकेज दिनुपर्छ । कम व्याजमा ऋण पनि दिनुपर्छ । शिक्षक नबाँचे विद्यार्थी बाँच्दैनन् । यो अप्ठ्यारो अवस्थामा सरकारले सबैलाई दिन नसके पनि वर्गाीकरण गरेर केही न केही राहत दिनुपर्छ । अब पढाइ कसरी अघि बढाउने भन्ने पनि स्थानीय तहलाई नै दिनुपर्छ ।

कोरोना नदेखिएका स्थानमा किन नपढाउने ? म शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्