कनिका खबर
असार १२, दाङ ।
पछिल्लो चरणमा सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्य जारी राखेको छ । आज पनि बहराइन र मलेसियामा समस्यामा परेको नेपालीलाई सरकारले स्वदेश ल्याउँदै छ । आज विदेशमा समस्यामा परेको नेपाली ल्याउन र लिन जानका लागि १० वटा अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
बहराइनबाट नेपाल एअरलाइन्सको दुई चार्टर्ड उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् भने मलेसियाको क्लालाम्पुरबाट त्यहाँ समस्यामा रहेका नेपालीहरु स्वदेश फर्कंदैछन् ।
मलेसिया र बहराइनबाट नेपाली लिएर आउने जहाजले कति सङ्ख्यामा नेपाली लिएर आउँछ भनेर खुलाइएको छैन । जहाजमा केही नेपालीको शवसमेत स्वदेश ल्याईंदैछ । आज ६ ठाउँमा नेपाली लिन हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका जहाज जाँदैछन् ।
नेपाल एअरलाइन्स नेपाली लिन मलेसियाको क्लालाम्पुर, हङकङ, अस्टे«लियाको मेलबर्व, यूएईको दुबई र साउदीको रियाद जाँदैछ । यस्तै हिमालय एअरलाइन्सको चार्टर्ड जहाज नेपाली लिन साउदीको दमाम आज जानेछ भने भोलि बिहान नेपालीहरु लिएर काठमाण्डौ फर्कनेछ । श्री एअरलाइन्सको जहाज आज युंगुन जाँदैछ ।