अब सिम कार्ड लिनका लागि आफै जानुपर्ने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अब सिम कार्ड लिनका लागि आफै जानुपर्ने

    मा प्रकाशित

कनिका खबर
असार १२, दाङ ।
नेपाल टेलिकमबाट प्राप्त हुने सिम कार्ड लिन ग्रहाक आफै जानुपर्ने भएको छ । सिम कार्डका लागि आफ्नो सक्कल परिचयपत्र लिएर ग्राहक आफै उपस्थित हुनपर्ने प्रावधान रहेको छ ।
सक्कल परिचयपत्र लिएका र आफैं उपस्थित भएका ग्राहकलाई मात्र सिमकार्ड दिन दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ । आफू उपस्थित हुन नसकेको अवस्थामा कानुनअनुसारको वारेसनामा वा अख्तियारनामा आवश्यक पर्ने भएको छ । यी प्रमाण लिएर नगए टेलिकमले सिम उपलब्ध गराउन नसक्ने भएको छ ।

पछिल्लो चरणमा मोवाइलका माध्यमबाट घटेका घटनालाई न्यूनीकरण गर्नका लागि यस्तो व्यवस्था गरेको प्राधिकरणलेबताएको छ । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी ग्राहकले भरेको फारम जाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउने प्रधिकरणले जनाएको छ । कुनै एक व्यक्तिको परिचयपत्र अर्को व्यक्तिले पाउँदा अनाधिकृत रुपमा अरु व्यक्तिको मोबाइल नम्बरको पहुँच हुँदा बैंङ्किङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिल सेवा तथा डाटामा पहुँच पुग्ने र खतरा हुने भएकोले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्