नेपाल समाजवादी पार्टीको घोषणा पत्र सार्वजनिक – Kanika Khabar
Thursday, May 16Nepali News Portal

नेपाल समाजवादी पार्टीको घोषणा पत्र सार्वजनिक

    मा प्रकाशित

कार्तिक ६, काठमाडौँ ।
मङ्सिर ४ मा हुने प्रदेश, प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल समाजवादी पार्टी नेसपाले घोषणा पत्र सार्वजनिक गरेको छ ।

संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेट्दै पार्टीले घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था गर्ने, राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने उल्लेख छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावी मैदानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्