गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने : प्रधानमन्त्री देउवा – Kanika Khabar
Thursday, May 16Nepali News Portal

गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने : प्रधानमन्त्री देउवा

    मा प्रकाशित

कार्तिक ७, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताउनुभयो । उहाँले गठबन्धन कायम रहेमा समावेशिताको खिलाफमा पनि कोही जान नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अहिले सङ्क्रमणकालीन समय भएकाले आपसमा झगडा गर्न नहुने धारणा राख्नुभयो । गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्नेमा प्रधानमन्त्री देउवाको जोड रहेको थियो ।

प्रधानमन्त्री देउवाले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गरिएको धारणा राख्नुभयो । आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको उहाँको दाबी थियो ।

देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उहाँले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्