निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा उजुरी गर्नुहोस् : आयोग – Kanika Khabar
Thursday, May 16Nepali News Portal

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा उजुरी गर्नुहोस् : आयोग

    मा प्रकाशित

कार्तिक ७, काठमाडौँ ।

निर्वाचन आयोगले, निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य भएको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन सक्ने जनाएको छ ।

निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिता बमोजिमका समिति, टोली वा अनुगमन अधिकृतसमक्ष दिन सकिने व्यवस्था गरिएको छ । यसका साथै आयोगले सञ्चालन गरेको पैसा नलाग्ने टोल फ्रि नम्बर ११०२ मा फोन गरेर पनि उजुरी दिन सकिनेछ ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम उजुरी दिँदा आधार, कारण र सोसम्बन्धी कुनै प्रमाण भए सो समेत संलग्न गरी दिनुपर्नेछ । कसैले आचारसंहिता उल्लङ्घन गरेमा मौखिक रूपमा वा विद्युतीय माध्यमबाट समेत उजुरी दिन सकिनेछ । यसरी उजुरी दिइएकोमा सम्बन्धित निकाय वा अधिकारीले सोको अभिलेख राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्नेछ । कसैले यो आचारसंहिता उल्लंघन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एक लाख रूपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछन् ।

आचारसंहिताको अनुगमनका लागि केन्द्रमा एक आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र जिल्ला स्तरमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्