उम्मेदवारहरूले सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा आयोगको ७ बुँदे निर्देशन – Kanika Khabar
Thursday, May 16Nepali News Portal

उम्मेदवारहरूले सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा आयोगको ७ बुँदे निर्देशन

    मा प्रकाशित

काठमाडौँ ८, कार्तिक ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न सक्ने आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्य पदको उम्मेदवारले एउटा सम्पर्क कार्यालय खोल्न सक्ने तथा प्रदेश र प्रतिनिधिसभाका समानुपातिक तर्फको उम्मेद्वारले निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने आयोगले जनाएको छ । उम्मेदवारी दिई निर्वाचन चिन्ह प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने,घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्न पनि आयोगले निर्देशन दिएको छ ।

सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउन पनि आयोगले भनेको सहायक प्रवक्ताकमल भट्टराईले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्