कनिका खबर
असार १२, काठमाडौँ ।
आजको नेकपाको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । नेकपाको स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएका छन् । ओली बालुवाटारमै अन्य काममा व्यस्त रहेको जनाइएको छ ।
बैठकको दोस्रो दिन आजबाट नेताहरुले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम शुरु भएको छ । सरकार र पार्टी कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरुका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।
दुई अध्यक्षबीचको सल्लाह अनुसारनै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।