नेपालको जनसंख्या ३ करोड ६३४ पुग्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेपालको जनसंख्या ३ करोड ६३४ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार १२, दाङ ।

नेपालको जनसंख्या ३ करोड बढी पुगेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा आज शुक्रबार देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।
‘अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको हो,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ । त्यसैअनुसार देशको जनसंख्या आजबाट तीन करोड नाघेको छ ।’ मध्यजनसंख्या सिद्धान्तअनुसार हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गर्ने गरिन्छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ ।

जनसंख्याले दिएको अवसर

दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एघार सय रहेको विभागले जानकारी दिएको छ । जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन् । लामिछानेका अनुसार जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा छ । बसाइसराइ अनुपातमा भने खासै फरक नआएको उनले जानकारी दिए ।

श्रम बजारमा १५ देखि ६० वर्षलाई उत्पादनशील जनसंख्या मानिन्छ । नेपालका झण्डै दुई तिहाई जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेको जानकारहरू बताउँछन् ।

जनसंख्याका प्राध्यापक डा। योगेन्द्रबहादुर गुरुङ नेपाल जनसंख्यामा यस्तो अनुकुलकता सधैं नआउने बताउँछन् । उनी भन्छन्, ‘देशले आर्थिक समृद्धि हासिल गर्नका लागि सबैभन्दा उपयुक्त जनसंख्याको आकार यही हो ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्