विकासका लागि गठबन्धनको स्थायी सरकार : गिरी – Kanika Khabar
Thursday, May 16Nepali News Portal

विकासका लागि गठबन्धनको स्थायी सरकार : गिरी

    मा प्रकाशित

दाङ, १३ कार्तिक ।
दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदमा गठबन्धन दलका साझा उम्मेदवार दीपक गिरीले देश बिकास र निकासका लागि गठबन्धन दलहरुको स्थायी सरकार बन्न जरुरी रहेको बताएका छन् ।

आइतबार बिहान तुलसीपुर – ५ बसपार्कमा घर दैलो कार्यक्रममा पुगेका उम्मेदवार गिरीले अस्थिर र कमजोर सरकारले मुुलुकको विकास नहुने भन्दै मुलुकको विकास र निकासका लागि स्थायी सरकार बन्न जरुरी रहेको बताएका हुन ।

 

बिगतका नेपी ओली नेतृत्वको दुई तिहार सरकारले देशलाई संकटग्रस्त अवस्थामा पु¥याएको हुँदा अब देशको विकास र निकासका लागि गठबन्धनका साझा उम्मेदवारलाई बिजयी गराउने उम्मेदवार गिरीले आग्रह गरेका हुन ।

‘मतदान गर्दा केपीले बिगतमा गरेका कमजोरी नभुल्नु होला,’ उम्मेदवार गिरीले भने ‘ तपाँईहरुलाई यो बीचमा झुक्याउन धेरै आउलान दिगभ्रमित नहुनुहोला ।’

कपीको अतिबाद सहन नसकेर पार्टीकै माधवकुमार नेपाल र झलनाथ खनालले बिद्रोह गर्नु परेको प्रशंग उल्लेख गर्दै सचेत भएर मतदान नगरे फेरि भविश्यमा त्यस्तै स्थिति मुलुकले सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनले औंल्याएका थिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका गिरीले आँफु नौं महिना सिंचाई मन्त्री हुँदा जिल्लामा सिंचाईका लागि गरेका विकास निर्माणका कामहरुको स्मरण गर्दै भविश्यमा निर्वाचित भए आँफुले थालनी गरेका ती कामहरुलाई पूर्णता दिने बताए ।

उनले आफ्नै नेतृत्वमा स्थापना भएको राप्ती बबई क्याम्पसको स्तरउन्नति गरि पश्चिम दाङको शिक्षाको स्तरलाई उचाईमा पु¥याउने बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्