मंसिर ४ पछि एमालेको सरकार : पोखरेल – Kanika Khabar
Thursday, May 16Nepali News Portal

मंसिर ४ पछि एमालेको सरकार : पोखरेल

    मा प्रकाशित

दाङ, १३ कार्तिक ।
नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार शंकर पोखरेलले मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् ।आइतबार दाङमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि दुई वर्षभित्र सुकुम्बासी, भूमिहीन समस्या समाधान गर्ने बताए ।

उनले भने, ‘हाम्रो सरकारले भूमिहीन, सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्न कानून निर्माण र शक्तिशाली आयोग गठन गरी काम सुरु गरेको थियो । तर, जालझेल गरेर हामीलाई हटाइयो ।’ एमाले नेतृत्वको सरकार बने अर्को निर्वाचनमा जनतासामु आउँदा भूमिहीन, सुकुम्बासी देख्नु नपर्ने महासचिव पोखरेलले जिकिर गरे ।

उनले गठबन्धनमा रहेका दलहरुले एमालेविरुद्ध संसद विघटनलाई चुनावी एजेण्डा बनाएकोप्रति असन्तुष्टि पोखे । ‘२०७४ को निर्वाचनमा भोट माग्दा कांग्रेसविरुद्ध वामपन्थीहरुलाई भोट भनी माग्ने र निर्वाचन परिणाम आइसकेपछि कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बन्ने प्रयास भए । यो जनताको जनमतविपरीत भएकाले ताजा जनादेशमा जानुपर्छ भन्ने मान्यतामा संसद विघटन भएको हो’, उनले भने ।

नेता पोखरेलले देशको विकास र समृद्धि तथा जनताको हितमा काम गर्ने सरकार गठनका लागि एमालेका पक्षमा मतदान गर्न आह्वान समेत गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्