मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ देखि – Kanika Khabar
Thursday, May 16Nepali News Portal

मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ देखि

    मा प्रकाशित

काठमाडौँ, १४ कार्तिक ।
यही कात्तिक १८ गतेदेखि मुलुकभरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

आगामी मङ्सिर ४ को निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको उहाँको भनाइ छ । आयोगले मतदाता शिक्षा कार्यक्रमएक करोड ८० लाख मतदातासम्म पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्न लागेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो । मतदान गर्ने तरिका, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्