कनिका संवाददाता
असार १२, काठमाडौं
नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार ७५५ पुगेकोछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा २२ वटै पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ सय ९३ जना थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार सात सय ५५ पुगेको बताउनुभयो । यस्तै प्रवक्ता डा गौतमले शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।