नेकपाको स्थायी कमिटी बैठकमा सीमा विवादबारे छलफल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाको स्थायी कमिटी बैठकमा सीमा विवादबारे छलफल

    मा प्रकाशित

कनिका खबर
असार १२, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठकको जारी बैठकमा नेपाल भारत सीमा विवादमा बहस भएको छ । सरकारको कामको छलफल गर्ने एजेन्डा दोस्रो नम्बरमा भए पनि सरकारले त्यसको रिपोर्ट तयार गरिनसकेका कारण सीमाको विषयमा बैठक प्रवेश भएको हो ।
भारतसँगको सीमा विवादमा नेपाल सरकारले चालेको कदमको स्थायी कमिटी सदस्यहरुले प्रशंसा गरेका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्ने काममा जुटाएको राष्ट्रिय सहमतिका लागि सरकारलाई उनीहरुले धन्यवाद दिएका छन् । भूमि फिर्ताका लागि वार्ता गर्न सरकारको पहलका बारेमा सदस्यहरुले सरकारको जवाफ खोजेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको सीमा समस्या र भारतसँग भएका विभिन्न सन्धि सम्झौताहरुलाई बैठकमा प्रस्तुत गरेका छन् । नेपालले सीमा विवाद सल्टाउन भारतसँग छलफलको प्रस्ताव विभिन्न मितिमा अघि सारेको जानकारी मन्त्री ज्ञवालीले दिएका छन् । उनले सरकारको तर्फबाट छलफलका लागि नोभेम्बर, डिसेम्बर र जनवरी मिति तोकेर पठाएको भएपनि भारतले त्यसको कुनै ठोस जवाफ नपठाएको पनि जानकारी दिए । बैठकमा हरेक सदस्यलाई १०/१० मिनेट समय तोकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्