भारतमा कोरोनाका कारण १५ हजार भन्दा धेरैको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतमा कोरोनाका कारण १५ हजार भन्दा धेरैको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार १२, दाङ ।

छिमेकी देश भारतमा पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्ने क्रम रोकिएको छैन । भारतमा हाल सम्म ४ लाख ९१ हजार मानिसहरु भाइरसका कारण सङ्क्रमित बनेका छन् । भारतमा दैनिक १० हजार भन्दा धेरै मानिसहरु सङ्क्रमित हुने गरेका छन् ।
हालसम्म भारतमा कोरोनाका कारण १५ हजार ३ सय ८ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ । यस्तै पाकिस्तानमा पनि कोरोनाका सङ्क्रमित बढिरहेका छन् । पाकिस्तानमा हाल सम्म १ लाख ९५ हजार ७ सय ४५ मा सङ्क्रमण देखिएको छ ।
पाकिस्तानमा ३ हजार ९ सय ६२ जनाको मृत्यु भैसकेको छ । यस्तै अफगानस्तानमा भने हाल सम्म ३० हजार १ सय १५ जना सङ्क्रमित भएका छन् । हाल सम्म अफगानस्तानमा ६ सय ६५ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्