नयाँ पुस्ताका अपेक्षा अनुसार काम गर्दछु : न्यौपाने – Kanika Khabar
Saturday, June 6Nepali News Portal

नयाँ पुस्ताका अपेक्षा अनुसार काम गर्दछु : न्यौपाने

    मा प्रकाशित

दाङ, २४ कार्तिक ।
प्रदेश सभा दाङ क्षेत्र नम्बर २(२) का बाम लोकतान्त्रिक समूहका उम्मेद्वार प्रचण्ड बिक्रम न्यौपानेले पुरानो पुस्ताको अनुभवलाई साथमा लिएर नया पुस्ताको अपेक्षा अनुसारको काम गर्नु अहिलेको आवश्यता भएको बताएका छन् ।
बिहीवार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न चुनावी सभालाइ सम्बोधन गर्दै वाम लोकतान्त्रिक समूहका प्रदेश सभा सदस्यका उम्म्दवार न्यौपानेले नयाँ र पुरानो पुस्तालाई सँगसँगै लियर आफुले काम गर्ने बताए ।                                                                देश भित्र केही हुदैन भनेर निरनस बन्दै विदेसिन तयार भयको ठूलो समूहलाई देश भित्रै काम गर्ने वातावरण बनाउन आबश्यक भएकाले आफु त्यस्का केन्द्रित हुने उनको भनाई छ । आफुले कुरा भन्दा काममा बिस्वास गर्ने भएकाले नागरिकको अपेक्षा पूरा गर्ने गरि काम गर्न राजनितमा आएको बताए । आफ्नो ठूलो सपना नभयको भन्दै प्रचण्ड विक्रम न्यौपानेले मतदाता समिक्षी कृषकलाई समयमै मल बिउ, विद्यार्थिलाई समय मै पाठ्य पुस्तक, बेरोजगारलाई देश भित्रै रोजगारीका क्षेत्र निर्माण जस्ता काम गर्ने प्रतिबद्धता जनाए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्