अनसन बसेका ई अभियन्तालाई प्रहरीले नियन्त्रणमा लियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

अनसन बसेका ई अभियन्तालाई प्रहरीले नियन्त्रणमा लियो

    मा प्रकाशित

कनिका खबर
असार १३, दाङ ।

सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्ट भएपछि सरकारलाई खबरदारी गर्दै आएको ‘इनफ इज इनफ’ का एक अभियन्ता अनसन बसेका छन् । सरकारसँग विभिन्न माग राखेर अनसन बसेका अभियन्ता तथा ‘इनफ इज इनफ’ का एक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गर्दै उनी ललितपुरको कृष्ण मन्दिर परिसरमा अनसन बसेका थिए ।
उनलाई शुक्रवार महानगरीय प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीसँगै अन्य ५ जनालाई समेत प्रक्राउ गरेको जनाइएको छ ।

ईले पीसीआरको दायरा बढाउनुपर्ने, फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनुपर्ने लगायतका माग समेत राखेका थिए ।

उनले सरकारले आफ्ना मागहरु १४ दिनभित्र पूरा गर्न माग गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्