पहिरोले स्वास्थ्य चौकी पुरिदा सेवा रोकियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पहिरोले स्वास्थ्य चौकी पुरिदा सेवा रोकियो

    मा प्रकाशित

कनिका खबर
असार १३, संखुवासभा ।
संखुवासभाको शिलिचोङ् गाउँपालिका २ बालामा रहेको स्वास्थ्य चौकी पहिरोले पुरिएको छ । बिहिबार बिहान करिव ६० मिटर माथिबाट झरेको पहिरोले पुरिएकाले स्वास्थ्य चौकीबाट प्रवाह हुने सम्पूर्ण सेवा रोकिएको शिलिचोङ् वडा नं। २ का अध्यक्ष मोहन सम्सेर कुलुङ्ले जानकारी दिए ।
पहिरोले स्वास्थ्य चौकीमा रहेको कागजात, स्वास्थ्य उपकरण, कम्प्युटर, ल्यापटप, औषधी, फर्निचर लगायत सबै स्वास्थ्य सामग्री पुरिएको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य चौकी भवनसहित सम्पूर्ण सामग्री पुरिएपछि उद्धारका लागि सिसुवाटारबाट खटिएको प्रहरी टोलिले पुरिएका केही सामग्री निकालेको थियो ।
पहिरोबाट स्वास्थ्य चौकी भवन पुरिंदा करिब ५० लाख बराबरको क्षति भएकोे गाउँपालिकाले जनाएको छ । पहिरोका कारण स्वास्थ्य चौकी भवन पूर्णरुपमा क्षति भएकाले त्यहाँबाट प्रवाह भइरहेका सेवा केहिदिन अवरुद्ध हुने शिलिचोङ् गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले जानकारी दिए । शिलिचोङ् क्षेत्र पहिरोको उच्च जोखिम रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्