दाङ १ : नेकपा एसका मेटमणी चौधरी विजयी – Kanika Khabar
Thursday, March 20Nepali News Portal

दाङ १ : नेकपा एसका मेटमणी चौधरी विजयी

    मा प्रकाशित

दाङ,मङ्सिर ९ । दाङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकिकृत समाजवादीका नेता तथा शहरी विकास मन्त्री मेटमणी चौधरीको विजयी भएका छन् ।

नेकपा एमाले पोलिटव्यरो सदस्य शान्ता चौधरीलाई हराउँदै गठबन्धनबाट एकिकृत समाजवादीका नेता तथा शहरी विकास मन्त्री मेटमणी चौधरी विजयी भएका हुन् ।
गठबन्धका साझा उम्मेदवार मेटमणीले २६ हजार ५ सय ६३ मत प्राप्त गरि बिजयी भएका हुन् । पराजित शान्ताले २१ हजार ४ सय ७९ मत प्राप्त गरिन् । मेटमणीले शान्तालाई ५ हजार ८४ को मत अन्तरले पराजित गरेका छन् ।

मेटमणी २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । २०७४ मा नेकपा माओवादीसँग तालमेल थियो ।

जसको जगमा मेटमणीले नेपाली कांग्रेसकी शुसीला चौधरीलाई १० हजार ८३४ मतान्तरले हराएका थिए । अहिले परिस्थिती फेरिएको छ ।

जसलाई हराए, उनैसँग तालमेल गरेर चुनावी मैदानमा होमिदै जित हात पारेका छन् । मेटमणीले अघिल्लो निर्वाचनमा जसको साथ पाएर चुनाव जिते, अहिले उनैलाई हराए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्