शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना पुष्टि – Kanika Khabar
Wednesday, August 4Nepali News Portal

शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार १३, पाल्पा ।
कोरोना सङ्क्रमणबाट मृत्यु भएका मानिसको शब व्यवस्थापनबाट पनि सङ्क्रमण फैलने क्रम जारी छ । पछिल्लो चरणमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार शव व्यवस्थापन गर्ने कार्यमा खटिएका नेपाली सेनाका २ व्यक्ति रहेका छन । संक्रमण देखिएका ३३ र ३४ वर्षका व्यक्ति हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्