एमालेले टुंग्यायो समानुपातिक सांसद – Kanika Khabar
Sunday, April 19Nepali News Portal

एमालेले टुंग्यायो समानुपातिक सांसद

    मा प्रकाशित

दाङ ।

नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।

एमालले आदिवासी जनजातितर्फ पुरुषमा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई रहेका छन्। त्यसैगरी महिलातर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा, खसआर्यतर्फ पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, महिलातर्फ मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल रहेका छन् ।

थारु महिलातर्फ आश्माकुमारी चौधरी, शान्ति चौधरी, दलिततर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा, मधेशीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरी, प्रतीक्षा तिवारी मुखिया, मुस्लिमतर्फ सराज अहमद खान रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्